+
+
Shares

हिमालयन बैंकको शाखा सिन्धुलीको खुर्कोटमा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते २०:१८

९ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा गोलान्जोर-७, साझा चोक, खुर्कोट, सिन्धुलीमा पुस ९ गतेदेखि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले एक समारोहका बीच गरे ।

सो अवसरमा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पुर्‍याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास व्यक्त गरे ।

देशको राजधानी काठमाडौलाई तराई मधेशसंग जोड्ने विपि राजमार्गको मध्य भागतिर पर्ने खुर्कोट व्यापारिक दृष्टिकोणले सिन्धुली जिल्लाको महत्वपूर्ण स्थान हुनुका साथै रामेछाप जिल्ला जाने मुख्य नाका पनि भएकोले उद्योग तथा व्यवसायिक लगानीका लागि यस क्षेत्रमा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आˆनो व्यवसायलाई बढाउन जिल्लावासीको कि्रयाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गरे ।

उद्घाटन समारोहमा सञ्चालकसमितिका सदस्यहरु लगायत बैंकका बरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा थियो । साथै समारोहमा स्थानीय उद्योगपति, व्यवसायी तथा अन्य गण्यमान्य व्यक्तिहरुको पनि उपस्थिति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?