Comments Add Comment

ठूला क्लबलाई जिल्याउँदै एर्लिन डर्टमन्डमा

काठमाडौं । पछिल्लो समय म्यानचेष्टर युनाइटेड जाने चर्चामा रहेका युवा स्टार फुटबलर एर्लिन ब्रट हालान्ड जर्मन क्लब बोरुसिया डर्टमण्डमा अनुबन्धित भएका छन् ।

डर्टमण्डले नर्वेजियन फरवार्डलाई रेडबुल साल्जवर्गबाट भित्र्याएको हो ।१९ वर्षीय स्टारसँग जर्मन क्लबले सन् २०२४ सम्मका लागि सम्झौता गरेको छ । डर्टमण्ड हाल बुण्डेजलिगामा चौथो स्थानमा छ ।

इंग्लिस क्लब युनाइटेडसँगै इटालियन क्लब युभेन्ट्स लगायत ठूला क्लबले हालान्डलार्इ भित्र्याउने प्रयास गरेका थिए । नटिङहम फरेस्ट र लिड्समा फुटबल खेल्ने अल्फ इङ्गे हालान्डको टोरा एर्लिन हालान्ड गत जनवरीमा नर्वेजियन क्लब मोल्डेबाट साल्जवर्गमा अनुबन्ध भएका थिए ।

हालान्डले अष्ट्रियन टप डिभिजन साल्जवर्गका लागि यस सिजन १४ खेलमा १६ गोल गरिसकेका छन् । यस्तै च्याम्पियन्स लिगको समूह चरणमा पनि उनले ८ गोल गरेका थिए । हालान्डले च्याम्पियन्स लिग डेब्युमै जेन्क विरुद्ध ह्याट्रिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment