Comments Add Comment

भक्तपुर नगरपालिकाले दिन थाल्यो शैक्षिक ऋण

२१ पुस, काठमाडौं । भक्तपुर नगरपालिकाले यो वर्ष शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ९१ विद्यार्थीलाई शैक्षिक ऋण दिने भएको छ ।

पैसा नभएर पढ्न नपाएका नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भनेर शैक्षिक ऋण दिन थालिएको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले ६ प्रतिशत व्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण दिनेछ ।

गत आर्थिक बर्ष मात्रै उच्च शिक्षा हासिल गर्न नगरका ३७ जना विद्यार्थीलाई शैक्षिक ऋण दिएको थियो । यस बर्ष ९१ जनालाई शैक्षिक ऋण दिने तयारी गरिरहको भक्तपुर नगरपालिका–९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्यवले बताए ।

नगरपालिकाले दिने रकम विद्यार्थीको हातमा नदिई सम्बधित शैक्षिक संस्थामा तिरिदिनेछ । विद्यार्थीहरुले सर्टिफिकेट नगरपालिकामा धितो राखेर आफनो विषयअनुसार रकम लिन पाउने छन् ।

परिवारका दुई जना साक्षी बस्नुपर्नेछ । यस्तो ऋण विद्यार्थीले पढाइ पुरा नगरुन्जेलसम्म ऋण तिर्नु पदैन । सम्बधित विषयको पढाइ पूरा गरेपछि हरेक वर्ष २५ प्रतिशतका दरले ४ बर्षभित्र भने तिरिसक्नुपर्छ ।

तोकिएको समयभित्र विद्यार्थीहरुले रकम फिर्ता नगरे नगरपालिकाबाट दिइने सेवा सुविधामा रोक लगाइनेछ भने रकम अभिभावकबाट असुल गरिनेछ ।

स्नातक, स्नातकोत्तर, एमफिल, पीएडी गर्नका लागि नगरपालिकाले शैक्षिक ऋण दिनेछ, यसका लागि कार्यविधि नै बनाएर बार्षिक ५ करोड रकम विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment