+

मनाङ र मछिन्द्रका झगडा गर्ने ६ खेलाडी निलम्वनमा

२०७६ पुष  २४ गते १९:३२ २०७६ पुष २४ गते १९:३२
मनाङ र मछिन्द्रका झगडा गर्ने ६ खेलाडी निलम्वनमा

२४ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले मनाङ मर्स्याङ्दी  र मछिन्द्र क्लबका झगडा गर्ने खेलाडीहरुलाई प्रतिबन्ध गरेको छ ।

मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल तथा रञ्जन विष्टलाई २ खेलका लागि निलम्बन गरिएको छ । बेञ्चमा भएका बराल झगडा गर्न गएका कारण उनले त्यही बेला रातो कार्ड पाएका थिए । त्यसैले उनले थप एक खेल गुमाउनेछन् ।

यस्तै मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बन गरिएको छ ।

यस्तै जगजित र अशोकलाई जनही १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको एन्फाले जनाएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगको बाँकी सबै खेलमा निलम्बन गरिएको छ भने १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

टिमको बेञ्चलाई अनुशासनमा राख्न नसकेकामा दुबै टिमलाई ५० हजार जरिवाना समेत तोकिएको छ ।

ए डिभिजन लिगमा सोमबार भएको खेलमा दुई क्लबले २–२ गोलको बराबरी खेलेका थिए । तर खेल लगतै दुबै टिमका खेलाडीहरुले झगडा गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय