Comments Add Comment

तपाईंको घर बालमैत्री कि धराप ?

तपाईंको घरमा बच्चा उन्मुक्त खेल्न, उफ्रिन, रमाउन सक्छन् ? घरको भर्‍याङ चढ्न, ढोका खोल्न उसलाई कति सहज छ ?

अक्सर घर निर्माणको क्रममा होस् वा साजसज्जाको क्रममै, हामी आफ्नो सुविधामा बढी ध्यान दिन्छौं । हामीलाई सजिलो लाग्ने, राम्रो लाग्ने कुरामा ध्यान दिन्छौं । तर, बच्चाको सुविधा र अनुकुलतालाई प्राथमिकतामा राखिदैन । यहि कारण कहिलेकाहीँ हाम्रो घर बच्चाका लागि नर्क जस्तै हुनपुग्छ ।

घर त्यस्तो होस्, जहाँ बच्चाहरु उन्मुक्त रमाउन सकोस् । खेल्न, उफ्रिनको लागि कुनै अवरोध नहोस् । घरमा उनीहरुले सुरक्षाको अनुभूत गर्न सकोस् । घरको रंग, बनौटले पनि उनीहरुलाई खुसी तुल्याउन सकोस् ।

व्यवहारिक कारणले घरमा सबैकुरा बच्चाले सोचेजस्तै हुनुपर्छ भन्ने छैन । तर, उनीहरुले खेल्ने, बस्ने, पढ्ने स्थानलाई बालमैत्री बनाउन सकिन्छ । हामी आफ्नो लागि खरिद गरिएको डाइनिङ टेबलमा राखेर बच्चालाई खाना ख्वाउछौं । सोच्नुहोस् त, त्यो उसको लागि कति कष्टकर हुन्छ ?

बच्चाले खाने, खेल्ने, पढ्ने अनुकुलता हुनुपर्छ घरमा । चाहेको बेला उनीहरुले सजिलै पिउने पानी भेट्न सकोस्, भोक लागेको बेला फलफूल वा अन्य खानेकुरा निकालेर खान सकोस् । आफै कपडा खोज्न र फेर्न सकोस् । घरमा त्यस किसिमको व्यवस्था गरिदिनुपर्छ । संभव भएसम्म बच्चाको सौचालय पनि अलग्गै हुनुपर्छ र बालमैत्री पनि ।

कति सुरक्षित छ ?

अक्सर घरहरु बच्चाका लागि सुरक्षित हुँदैनन् । अभिभावकको निगरानी नहुँदा उनीहरु बाथरुमभित्र थुनिन सक्छन्, ग्यास चुल्होमा जल्न सक्छन्, बार्दलीबाट लड्न सक्छन्, भर्‍याङबाट लड्न सक्छन् । यस्ता संचरनाहरु बच्चाका लागि धराप बन्छन् । त्यसैले संचरना निर्माण गर्दा त्यो बच्चाको लागि कति सुरक्षित छ भन्ने कुरामा हेक्का राख्नुपर्छ ।

बालमैत्री खानपान

भान्सामा खानेकुरा तयार गर्दा बच्चाको स्वाद र स्वस्थ्यको ख्याल गरिदैन । बच्चाले कस्तो खानेकुरा रुचाउँछन् प्रश्न सोधिदैन । यद्यपी हामी आफ्ना लागि भने यस्तो खानेकुरा बनाउने, उस्तो नबनाउने भनेर चर्चा गरिरहेका हुन्छौ । ठीक यसैगरी बच्चाका लागि पनि खानेकुराको विषयमा चर्चा हुनुपर्छ ।

ध्यान दिनुपर्ने कुरा

–     बाथरुमको ढोका सकेसम्म बच्चाले भित्रबाट लक गर्न नसकोस् ।

–     भर्‍याङ, बार्दली सुरक्षित र सजिलो हुनुपर्छ ।

–     घर आसपासमा खाल्डो, भिर, खुला इनार छ भने त्यहाँ बच्चालाई सुरक्षित राख्ने उपाय अपनाउनु पर्छ ।

–     घरमा यस्तो संरचना हुनुहुँदैन, जहाँ बच्चालाई चोट लाग्ने संभावना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment