Comments Add Comment

अनुपमलाई नसिरुद्दिनले भने–‘जोकर’

बलिउडका दुई कलाकारविच लफडा सुरु भएको छ । भारतमा सीएए र एनआरसीको विरुद्धमा आन्दोलन चलिरहेको छ । कलाकार अनुपम खेरले भारतीय सरकारले ल्याएको यो विधेयकको खुलेरै प्रशंसा गरिरहेका छन् ।

तर, बलिउडका कैयौ कलाकारले मुख खोलिरहेका छन् । यो कानुनको विरोधमा कलाकार नसिरुद्दिन शाहले पनि खुलेरै विरोध गरिरहेका छन् ।

उनले भनिन्–‘यदि ७० बर्षदेखि कुनै देशमा बसेर त्यो व्यक्ति नागरिक हो या होइन भन्ने छिनोफानो हुन सक्दैन भने कसरी हुन्छ त ?’ उनले कलाकार अनुपम खेरको बिषयमा पनि बोलेका छन् । उनले भने–‘म ट्विटरमा छैन । तर, जो मानिसहरु ट्विटरमा छन् उनीहरुले आफ्नै विचार बनाउन जरुरी छ । अनुपम खेर यो कुरामा क्लियर छन् । तर, मलाई लाग्दैन कि उनको यो कुरालाई गम्भिर रुपमा लिनुपर्छ । किनकी, उनी एक जोकर हुन् । र, मलाई मेरो जिम्मेवारीको बिषयमा उनले सिकाउन जरुरी छैन, किनकी मलाई थाहा छ मेरो कर्तव्य के हो ?’

आफूलाई नसिरुद्दिनले ‘जोकर’ भनेपछि अनुपमले उनलाई ‘नसेडी’ भनेर जवाफ दिएका छन् । उनले भने–‘नसिरुद्दिन शाहको कलाको म सम्मान गर्दै आइरहेको छु । तर, उहाँको भनाइको जवाफ मैले दिनुपर्छ । उहाँमा कुन्ठित भावना छ । यदि धेरै सफलताका बाबजुत तपाइको पुरा जिन्दगी कुन्ठामा नै सकिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment