Comments Add Comment

अमृतासँग डिभोर्सबारे सैफ भन्छन्–‘दुनियाँकै खराब चीज’

नायक सैफअली खान चलचित्र ‘जवानी जानेमन’को प्रमोशनमा व्यस्त छन् । यो चलचित्र जनवरी ३१ तारिखबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका क्रममा सैफले आफ्नी पूर्व पत्नी अमृता सिंहसँगको डिभोर्सको बिषयमा पनि बताएका छन् ।

उनले भने–‘यो दुनियाँको सबैभन्दा खराब चीज हो, जुन कुरा म आज पनि महशुश गर्छु । मलाई लाग्दैन कि, यो कुरालाई लिएर म ठिक हुन सक्छु । केही यस्ता कुरा छन्, जसले मलाई कहिले पनि यो बिषयमा शान्ती दिदैनन् ।’

उनले अगाडि भने–‘म उक्त समयमा २० बर्षको मात्र थिएँ । आज धेरै कुराहरु फेरिएको छ । बालबच्चा आफ्ना आमा–बुबा एकसाथ बसुन् भन्ने चाहन्छन् । तर, आमा र बुबा फरक फरक इकाई हुन् । यसैले पनि हिजोआज मानिसहरु आधुनिक सम्बनधमा बस्न चाहन्छन् ।’

सैफले कुनै पनि बच्चालाई उसको घर–परिवारबाट अलग बनाउन नहुने बताए । उनले भने–‘यसले बच्चामा खराब असर पर्छ । आमा र बुबा एकसाथ भएनन् भने धेरै नै समस्या हुन्छ । यसैले, शान्त वातावरण बच्चालाई मिल्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment