+
+
Shares

बगैंचामा समय बिताउने एउटी गायिका

अरुणा भट्टराई अरुणा भट्टराई
२०७६ माघ १३ गते १२:३७

अघिल्लो वर्ष वैवाहिक जीवनमा समेत बाँधिएकी  गायिका मल्लिका कार्की  घरमा बसेको बेला अधिकांश समय बगैंचामै बिताउँछिन् । ‘अहिले जाडोले गर्दा अलि अल्छि भएकी छु, अनलाइनखबरसंगको पछिल्लो भेटमा गायिका कार्की भन्दै थिइन्-‘गर्मी मौसममा तपाईंले मलाई खोज्न त बगैंचामै आउनु पर्छ ।’

लाजको लाली बोकेर आइदेऊ न, यति धेरै मान्छेहरुको भिंडमा, तिमीले नसम्झिदा माया, आँखैमा राखौं कि, कसरी कसरी आयौ जस्ता लोकपि्रय गीतकी यी गायिकाले आधा दर्जन एकल गीति संग्रह समेत सार्वजनिक गरिसकेकी छिन् । यद्यपि, यसपटक उनी आफ्ना सांगीतिक गतिविधि भन्दा पनि पारिवारिक गतिविधिका बारेमा कुराकानी गर्न तयार भएकी छिन् ।

‘गीत-संगीत त अविरल चलिरहने कुरा हो नि, हँसिलो मिजासकी गायिका कार्की भन्दै थिइन्-‘त्यो त म आफ्नो सास रहुञ्जेल गाइरहने छु ।’

मल्लिकालाई अहिलेको चिसो मन पर्दो रहेनछ । ‘यसपटक अलि बढि नै चिसो भएको होइन र ?, उनी आफैंले जवाफ दिइन्-‘हुन त यो मौसम भन्ने कुरा अघिल्लो वर्ष कस्तो थियो, बिर्सिहालिन्छ ।’

मल्लिकालाई जाडो र गर्मी दुबै मौसम उत्तिकै पि्रय रहेछन् । ‘दुबैका केही राम्रा र केही नराम्रँे पक्ष्ँहरु छन्, मल्लिका भन्छिन्-‘जाडोमा ओभरकोट, बूट अनि कलरफूल स्कार्फ लगाएर हिंड्नुको मज्जा नै बेग्लै छ । म त यीनै पहिरन लगाएर जाडोमा मज्जा लिइरहेकी हुन्छु ।’ अनि गर्मी नि ? मल्लिका भन्छिन्-‘गर्मीमा चाहिं हेल्थ कन्सस हुनु पर्ने बाध्यता छ । अहिलेदेखि नै मैले गर्मीमा कसरी स्लिम बन्ने भन्ने चिन्ताले सताइसकेको छ । जे पायो त्यही खान पनि नमिल्ने ।’

त्यसो भए मल्लिकालाई जाडोको मन नपर्ने कुरा केही पनि छैन त ? किन नहुनु । उनी भन्छिन्-‘मलाई जाडोले छाला ड्राइ बनाउने कुरा चाहिं मनै पर्दैन । केशमा चाया परेर पनि हैरान हुन्छु ।’ त्यसो त त्यसैका लागि यी गायिकाले मोश्चराइजर, कोल्ड क्रिम तथा एन्टि-ड्यान्ड्रफको व्यवस्था पनि गरिसकेकी हुन्छिन् । केशलाई हरेक दिनजसो सफा गर्छिन् । ओयल मसाज गरिरहिन्छन् ।

जाडोमा उनलाई हिउँ परेको पनि मनपर्छ । काठमाडौं नजिकै हिउँ परेको भए उनलाई खेल्न जाने मन पनि थियो, तर अलि टाढा-टाढा मात्र हिउँ परेकाले उनी जानै भ्याइनन् ।

जाडोमा आफूलाई फिट राख्नका लागि उनी नियमित ब्यायाम पनि गरिरहेकी छिन् । दिनमा तीन-पटक सूप पिउँछिन् । तातो पानी पनि नियमित रुपमै सेवन गरिरहन्छिन् । आफुलाई भित्रैबाट तातो बनाउँछिन् ।

यी सबैका बीच अचेल उनी अहिले कुशल गृहिणी समेत भएकी छिन् । अघिल्लो वर्ष वैवाहिक जीवनमा बाँधिएकी यी गायिका अहिले कसैकी श्रीमतीको बनेकी छिन् भने कसैले उनलाई भाउजु, कसैले माइजु जस्ता नाताले सम्बोधन गरिरहेका छन् । ‘वैवाहिक जीवनमा रमाइरहेकी छु, विभिन्न प्रकारका जिम्मेवारीहरु पुरा गरिरहेकी छु, गायिका कार्की भन्छिन्-‘वैवाहिक जीवनमा बाँधिएकैले सांगीतिक गतिविधिमा अलि कम सक्रिय भएकी छु । यद्यपि गीत नै गाउन छाडेकी भने छैन ।’

मल्लिकाले आफ्नो करियरलाई बुझ्ने परिवार पाएको स्पष्ट पारेकी छिन् । ‘मलाई गायिकाको रुपमा मेरो परिवारले पूर्ण सहयोग गरेको छ, उनी भन्छिन्-‘त्यसैले त म गीत रेकर्डिङ, म्युजिक भिडियोदेखि सांगीतिक कार्यक्रमसम्मलाई समय दिन भ्याइरहेकी छु ।’

उदितनारायण झादेखि रामकृष्ण ढकालसम्मका गायकहरुसंग यूगल गीत गाइसकेकी यी गायिका आफ्नो स्वरलाई निखार्न के गर्छिन् होला ? मल्लिका भन्छिन्-‘म हरेक बिहान केही समयका लागि रियाज गर्छु । खानपिनमा खासै ध्यान दिन्न तर स्वर नबिग्रियोस् भनेर अमिलो चाहिं खाँदै खान्न ।’

आफ्नो सुन्दरताका बारेमा गरिएको एउटा जिज्ञासामा उनी भन्छिन्-‘फूलको आँखामा फूलै संसार…।’ उनी मेकअपमा खासै रुची राख्दिनन्, कुनै समारोहमा जानु पर्ने भयो भने मात्र मेकअप गर्छिन् । ‘प्राकृतिक रुपले नै आफूलाई स्वस्थ राख्ने प्रयास गरिरहन्छु, मल्लिा भन्छिन्-‘सबैले मेरो सुन्दरता प्रसंशा गर्दा खुशी हुन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?