Comments Add Comment

ढोरपाटन महिला डबल लिग भलिबलमा १० टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं । ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा हुने १५ औं ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि आयोजकले प्रतियोगिताको मिति सार्वजनिक गर्दा १२ टिमले प्रतिस्पर्धा गर्ने भनेको थियो । तर प्रतियोगिता सुरुहुनु दुई दिन अघि मात्र आयोजकले यस संस्करणमा १० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

प्रतियोगिता बिहीबारदेखि नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुनेछ ।

यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, न्यु डायमन्ड एकेडमी, सेब स्कुल, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पारामाउण्ट मावि, चुली युवा क्लब, चितवन टाइगर्स र ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि खेल्ने भनिएको टप्प मावि, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र थ्री स्टार एकेडेमीले नखेल्ने भएको छ। यस्तै सामाखुशी इंग्लिस बोर्डिङ (सेब) स्कुल थपिएको छ।

सहभागी सबै टोलीले पहिलो चरणको लिगमा एकआपसमा खेल्नेछन् । जहाँ हरेक टिमले ९ खेल खेल्नेछन् । त्यसबाट शीर्ष सात स्थानमा रहने टिम दवस्रो चरणको लिगमा प्रवेश गर्नेछन् ।

पहिलो दिन चार खेल हुने प्रतियोगिताको उद्घाटन खेलमा बुलबुले रारा र चुली युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै पहिलो दिनै आर्मी र सेबबीच खेल हुनेछ । चुली युवा क्लबले पहिलो दिन दोस्रो खेल खेल्नेछ। चुलिले एपीएफसँग खेल्नेछ तने पहिलो दिनको अन्तिम खेल न्यु डायमन्ड र पारामाउण्टबीच हुनेछ ।

पहिलो चरणको खेल माघ २४ गतेसम्म हुनेछ। त्यसपछि उत्कृष्ट ७ टिम दोस्रो चरणमा पुग्नेछ र प्रतियोगिता माघ २८ गतेसम्म चल्नेछ। दुवै चरणको अंक जोडेर शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले २ लाख ५ हजार, तेस्रो हुनेले १ लाख ५ हजार, चौथो हुनेले ७५ हजार, पाँचौं हुनेले ५५ हजार,छैठौं हुनेले ४५ हजार र सातौं हुने टिमले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment