Comments Add Comment

तीन विभागीयसँगै ६ टोली ढोरपाटन महिला भलिबलको दोस्रो चरणमा

२४ माघ, काठमाडौं । साविक विजेता तथा विभागीय टाेली नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र होङग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब १५ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो  चरणमा प्रवेश गरेको छ ।
बुलबुले रारा भलिबल क्लब र चितवन टाइगर्स पनि अन्तिम ६ मा पर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार पहिलो चरणको अन्तिम दिनको खेलसँगै दोस्रो चरणमा पुग्ने ६ टोलीको टुंगो लागेको हो । ढोरपाटन, चुली युवा क्लब, पारामाउन्ट र सेव पहिलो चरणबाट बाहिरिए ।
अपराजित एपिएफले ९ खेलबाट २६ अंक जोड्यो । दोस्रो स्थानमा रहेको पुलिसले २५ अंक जोड्यो । आर्मीले २१ तथा ८ खेल खेलेको डायमन्डले १८ अंक जोड्यो । बुलबुलेको १४ तथा चितवनको १३ अंक छ ।
शनिबार पहिलो चरणको बाँकी रहेको न्यु डायमन्ड र बुलबुलेको खेलसँगै दोस्रो चरणका खेलहरु शुरु हुनेछ ।
शुक्रबार चितवनले ढोरपाटनमाथि २५-४, २५-१५ र २५-१२ को सहज जीत निकाल्यो । अर्को खेलमा पुलिसले बुलबुलेमाथि २४-१०, २५-१४ र २५-१९ को सहज जीत निकाल्यो ।
यस्तै एपीएफले डायमन्डमाथि २५-१७, २५-१९ र २५-१६ को सहज जीत निकाल्दा आर्मीले चितवनमाथि २५-२०, २५-१६ र २५-२१ को सहज जित निकाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment