Comments Add Comment

जुनियर टेनिसमा अमन र झिन्तोङ पहिलो

२४ माघ, काठमाडौं । भारतका अमन दहिया र चीनकी झिन्तोङ झाव काठमाडौं आईटीएफ जुनियर जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ मा शुक्रबार पहिलो भएका छन् । सिंगल्सको ब्वाइजमा अमन र गल्र्समा झिन्तोङ पहिलो भएका हुन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा अमनले आफ्नै राष्ट्रका कृषन हुडालाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरे । गल्र्स फाइनलमा झिन्तोङले भारतकी रिया उबोभेजालाई ६–४ र ६–१ को सीधा सेटमा हराइन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको ब्वाइज डबल्स फाइनलमा भारतका आदित्य वर्धान रोय चौधरी र ध्रुभ ताङग्रीको जोडीले मलेसियाका क्रिस्टियन अन्ड्रे सेङ लिउ र भियतनामका क्वोक भोको जोडीलाई ६–२ र ४–६ (१०–४) ले पाखा लगाउदै पहिलो स्थान हात पारे ।

सोही स्पर्धाको गल्र्स फाइनलमा अस्ट्रियाकी इनेस फल्टिङगर र चीनकी झिन्तोङको जोडीले सिंगापुरकी डिने छु र भारतकी रियाको जोडीलाई ६–१ र ७–५ को सोझो सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारे ।

विजेतालाई आयोजक टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment