Comments Add Comment

मधुमेह : कति जोखिम ? 

मधुमेहलाई जरैदेखि उखेल्नु कठिन छ । तर, के पनि सत्य हो भने यसलाई नियन्त्रण राख्न सकिन्छ । नियन्त्रणमा राखेर सुखद जीवनयापन गर्न संभव छ ।

मधुमेह कसरी नियन्त्रण गर्ने त ? यसका लागि चार वटा मन्त्र छ । एक खानपान -आहार), दोस्रो व्यायाम, तेस्रो नियमित शुगर जाँच र चौथो औषधिको उचित सेवन ।

कस्तो हुनुपर्छ खानपान ?

उपयुक्त आहार र व्यायाम गर्नु नै मधुमेह नियन्त्रणको पहिलो सर्त हो । खासमा खाना पेट भर्ने र जिब्रोको स्वाद लिने मात्र होइन ।

आम धारणा के छ भने, चिनी वा चिनीजन्य खानेकुराको अत्याधिक सेवन नै मधुमेहको प्रमूख कारण हो । तर, सत्य के हो भने हाम्रो खानामा पोषक तत्वको असन्तुलन हुनु नै मधुमेहको कारण हो । त्यसैले पौष्टिक आहारले मधुमेह नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ ।

–     मधुमेहमा खानाको मात्रा, खानाको गुणवत्ता अथवा खानाको समयमा ध्यान दिनु अनिवार्य छ । हाम्रो खानामा प्राय रिफाइन्ड अन्न, बोसोको मात्रा अधिक हुन्छ । त्यसैले यस्तो खानेकुरामा नियन्त्रण राख्नुपर्छ ।

–     आहारमा बढीभन्दा बढी रेशायुक्त अन्न जस्तो कि, दाल, ओट्स, चोकरयुक्त आटाको सेवन लाभदायक हुन्छ ।

–     तेल, घिउको उपयोग सकेसम्म कम गरौं । तेललाई नियमित रुपले बदल्नुपर्छ ।

–     हाम्रो खानामा सब्जी र प्रोटिनयुक्त खाद्य पदार्थको खास अभाव हुनेगर्छ । त्यसैले हरियो सब्जी बढीभन्दा बढी सेवन गरौं । दाल, चना, दुध, दही, अन्डा जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

–     खानाका साथै फल, चना, अंकुरित गेडागुडी खानुपर्छ ।

व्यायाम सम्बन्धी जानकारी

व्यायाम नगर्दा इन्सुलिनमा पुरा प्रभाव पर्छै । त्यसैले व्यायाम गर्नु आवश्यक छ । धेरैले के सोच्छन् भने, बिहान खाली पेट व्यायाम गर्नु राम्रो हो । तर मधुमेह रोगीले यसमा केहि ध्यान दिनुपर्छ । व्यायाम दिनमा कुनैपनि समय गर्न सकिनेछ, तर एक नियम अनिवार्य लागु गर्नुपर्छ ।

मधुमेह रोगीले खाली पेट व्यायाम गर्दा शुगर कम हुने आशंका बढ्न सक्छ । त्यसैले व्यायाम गर्नुअघि फल वा बदाम वा ओखर सेवन गर्नु लाभदायक हुन्छ । मधुमेहमा एरोबिक्स व्यायाम, पौडी, जगिङ लाभदायक हुन्छ । यसका साथै योग, मेडिटेशनले मानसिक तनाव कम गर्छ । जीवनशैलीमा यस किसिमको सकारात्मक परिवर्तनले मधुमेह नियन्त्रण सहजै हुन्छ ।

नियमित रुपले शुगर जाँच

मधुमेह नियन्त्रणका लागि अनिवार्य रुपमा शुगरको जाँच गराइरहनुपर्छ । किनभने, शुगर बढेर पनि त्यसको संकेत नदेखिन सक्छ । त्यसैले शुगर बढेको अवस्थामा गरिने असावधानीले जटिल समस्या ल्याउन सक्छ ।

साथसाथै शुगर कम हुँदा पनि जाँच गर्नुपर्छ । यसका साथै एचबी ए १ सी टेस्ट, शुगर तीन महिनामा एक पटक जाँच गर्नुपर्छ ।

एलोपेथिक हानिकारक छैन

धेरैले के ठान्ने गर्छन् भने, एलोपेथिक औषधीको खराब असर हुन्छ । यस्तो अवस्थामा मधुमेहको रोगीमा अनेक संकुचित भावना पनि आउँछ । यही कारण रोगीले बैकल्पिक चिकित्सा जस्तो कि आयुर्वेदिक, होमोपेथिक, युनानी आदि प्रयोग गर्छन् । यस्तो किनपनि भइरहेको छ भने, अहिले विभिन्न माध्यामद्वारा यस्ता मनगढन्ते कुरा फैलाइएको छ ।

आयुर्वेदिक उपचार नराम्रो भन्ने होइन । तर, त्यसको खुराक, विधी आदि नियमवद्ध हुनुपर्छ । त्यसैले एलोपेथिक औषधी नछाडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment