News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार मन्त्रीको आपत्तिजनक अभिव्यक्तिप्रति विरोध जनाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
- शर्माले कैलालीमा कर्मचारीद्वारा महिलाको टेम्पो खसालिएको र सिरहामा परीक्षा हलमा मोबाइल नष्ट गरिएको घटनाबारे प्रधानमन्त्रीलाई स्मरण गराएका छन् ।
- उपसभापति शर्माले "प्रधानमन्त्रीज्यू समाज कता जाँदै छ ?" भन्दै मन्त्रीहरूको गैरजिम्मेवार बोलीमा लगाम लगाउन आग्रह गरेका छन् ।
१ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन् ।
पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको खुट्टा भाँचिदिनू भनि दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै शर्माले भने, ‘एकजना मन्त्रीजी सडकमा पुग्नु भएछ । र, भन्नु भएछ कि यो बाटो निर्माणमा ढिलो जो भइरहेको छ । निर्माण व्यवसायीलाई भेट्नुभो भने खुट्टा भाचिदिनुस् ।’ शर्माले सोमबार भिडियो मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
कैलालीमा कर्मचारीहरुले एक श्रमिक महिलाको टेम्पोलाई भिरबाट खसालिदिएको घटना र सिरहामा परीक्षा हलमा भेटिएका ५०० भन्दा बढी मोबाइललाई पानीमा खन्याएर नष्ट गरेको घटना पनि शर्माले प्रधानमन्त्री शाहलाई सुनाएका छन् । ‘प्रधानमन्त्रीज्यू समाज कता जाँदै छ ? यहाँलाई सोधौ लाग्छ । तर, यहाँले पनि चुनावकै बेलामा के भन्नु भएको थियो भने यदि बाटो निर्माण गर्न ढिलो भयो भने रुखमा बाँधेर समाधान गर्नुपर्छ,’ शर्माले प्रधानमन्त्रीको बोली स्मरण गर्दै भने ।
कुनै चोरीमा चोरलाई सजाय दिनुको सट्टा दुइटै हात काटिएको घटना जस्तो मन्त्रीहरुको अभिव्यक्ति देखिएको शर्माले टिप्पणी गरेका छन् ।
प्रतिक्रिया 4