Comments Add Comment

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा शोक प्रस्ताव पारित

२ फागुन, काठमाडौं । प्रतिनिधि सभाले नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य दुर्गा उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले बहालवाला राष्ट्रिय सभा सदस्य उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । आन्द्राको क्यान्सरबाट पीडित उपाध्यायको शुक्रबार विहान आफ्नै निवासमा निधन भएको हो ।

उनको निधनप्रति शोक प्रकट गर्दै प्रतिनिधि सभाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न प्रतिनिधि सभा सदस्यहरुले एक मिनेट मौन धारण पनि गरे ।

विस‌ं २०२६ सालमा जन्मिएका उपाध्याय विसं २०४६ सालको जनआन्दोलनदेखि कांग्रेसमा सक्रिय रहँदै आएका थिए । विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देही जिल्लाको साविक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निवार्चित भएका थिए ।

विसं २०६७ को बाह्रौं महाधिवेशन र २०७२ को तेह्रौं महाधिवेशनमा उनी दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत थिए ।

विसं २०७४ मा उनी नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रियसभाको सदस्यमा निवार्चित भएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको थियो । अब प्रधानमन्त्री ओलीको संबोधन पनि शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment