 
																						१० फागुन, काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाइन्सको हवाईजहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै एयर होस्टेसहरुले यात्रुहरुलाई हतार हतार ओरालेका छन् ।
शनिबार बिहान साढे आठ बजे सो हवाई जहाज नेपालगञ्ज उड्ने तयारीमा थियो । हतार हतार यात्रुहरुलाई ओरालेर प्राविधिक जाँच गरिएको छ ।
‘इन्जिन स्टार्ट गरेर पाइलटले विमानस्थल टावरबाट उड्ने अनुमतिसमेत लिइसकेका थिए । तर, एक्कासी एयर होस्टेजहरुले सिरियस प्रोबलम आयो छिटोछिटो ओर्लिनुस् भनेर हामीलाई ओराले,’ एक जना यात्रुले अनलाइनखबरसँग भने ।

कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारेमा जानकारी भने दिइएको छैन । श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या आएर उडान रोकिएको र मर्मतको काम भइरहेको जानकारी दिए ।
उनले पनि केमा समस्या आएको हो भनेर खुलाउन चाहेनन् । मानन्धरले भने, ‘सुरक्षालाई त ध्यान दिनुपर्यो नि । त्यही भएर केहीबेर डिले भएको छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4