Comments Add Comment

दुहबी-कटहरी ३३ केभी प्रसारणलाइन चार्ज

१३ फागुन, काठमाडौं । विराटनगर क्षेत्रको पूर्वी भागमा बनेको कटहरी सबस्टेसन सञ्चालनमा आएको छ । लामो समयसम्म दुहबी कटहरी ३३ केभी प्रसारणलाइन विवादमा फसेको थियो । मोरङको कटहरीमा निर्माण गरिएको सबस्टेसन तयार भएपनि गिधनिया क्षेत्रमा तार तान्न स्थानीयले अवरोध गरेपछि सञ्चालनमा आउन सकेको थिएन ।

अहिले सो स्थानमा तार भूमिगत गरेर प्रसारणलाइनको काम पुरा भएको छ । दुहबी ग्रिड सबस्टेसनदेखि कटहरीसम्म १७.२ किमि ओभरहेड लाइन र ५.५ किमि ३३ केभी भूमिगत लाइन निर्माण गरी जम्मा २२.७ किमि लाइन नो लोडमा सञ्चालन गरिएको जयदुर्गे इन्जिनियरिङ र त्रिपुरेश्वर कन्डक्टर कम्पनीका डाईरेक्टर सागर लुँईटेलले बताए ।

कटहरी सबस्टेसन सञ्चालमा आएपछि उक्त क्षेत्रको भोल्टेजको गुणस्तरमा सुधार हुनेछ । वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बिराटनगर डिभिजन प्रमुख शैलेश सापकोटाका अनुसार दुहबी ग्रिड सबस्टेसनबाट कटहरी सबस्टेसन हातासम्म ३३ केभी प्रसारणलाइनको परिक्षण प्रशारण सफल भएको छ ।

‘हामीले नो लोडमा सबस्टेसन सञ्चालन गरेका छौं, समग्र मोरङको लागि यो खुशीको कुरा हो’ उनले भने,’अब कटहरी सबस्टेसन पुर्णरुपमा सञ्चालन गरी त्यहा बाट ११ केभी फिडर वितरण गर्ने कामको लागि बिराटनगर बितरण केन्द्रसँग समन्वय गरी फिडरको वितरण प्रणाली सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउने छौं ।’ अब सो क्षेत्रका घरायसी, औद्योगिक, ब्यापारिक लगायत सबै ग्राहकले स्तरीय विद्युत सेवाको उपभोग गर्न पाउने प्राधिकरणको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment