+

मेस्सीको पेनाल्टी गोलमा बार्सिलोना विजयी

२०७६ फागुन  २५ गते ८:३९ २०७६ फागुन २५ गते ८:३९
मेस्सीको पेनाल्टी गोलमा बार्सिलोना विजयी

२५ फागुन, काठमाडौं । कप्तान लिओनल मेस्सीको एकमात्र गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई १–० ले पराजित गरेको हो । बार्सिलोनाको लागि मेसीले ८१ औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।

जितपछि बार्सिलोना रियल मड्रिडलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक छ ।

उता, एट्लेटिको मड्रिड र सेभियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । २७ खेलबाट ४७ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छ । समान खेलबाट ४५ अंक जोडेको सेभिया पाँचौं स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय