Comments Add Comment

दुनियाँकै महँगो रगत भएको अनौठो जीव, एक लिटर रगतको मूल्य १८ लाख

मानिसलगायत पृथ्वीमा रहेका धेरै जीवजन्तुहरुको रगत रातो हुन्छ । तथापि, केही जीवहरु यसको अपवाद छन्, जसको रगत रातो हुँदैन ।

संसारमा एउटा यस्तो जीव छ, जसको रगत नीलो रङको मात्र छैन निकै बहुमूल्य पनि छ । उक्त रगत लाखौँ रुपैयाँमा बिक्री हुने गरेको छ ।

हर्स शू क्रयाब अर्थात् घोडतापे गँगटो भनिने उक्त जीव पृथ्वीमा रहेका पुराना जीवहरु मध्येको एक हो । वैज्ञानिकहरुका अनुसार यो जीव पृथ्वीमा डाइनोसर भन्दा पनि अघिको समयदेखि अस्तित्वमा थियो । अर्थात् यो जीव आजभन्दा ४५ करोड वर्षअघि देखि पृथ्वीमा रहँदै आएको छ । अर्को महत्त्वपूर्ण कुरा के भने यो जीवले अहिलेसम्म लाखौँ मानिसहरुको जीवन बचाइसकेको छ ।

सन् १९७० देखि यो जीवको रगतको प्रयोग चिकित्सा उपकरण तथा औषधिहरुमा जीवाणु संक्रमण भए नभएको पत्ता लगाउनका लागि गरिँदै आएको छ । कुनै पनि मेडिकल उपकरणमा खतरनाक जीवाणुको उपस्थिति रोगीका लागि प्राणघातक पनि सावित हुनसक्दछ । जैविक विष निस्तेज पार्नका लागि यो जीवको रगत निकै प्रभावकारी देखिएको छ ।

यो गँगटोको रगतको प्रयोग मानिसको शरीरभित्र प्रयोग गरिने उपकरणमा रहेका प्रदूषणको जाँचमा प्रयोग हुन्छ । खासगरी कृत्रिम गर्भाधान तथा खोपमा प्रयोग हुने उपकरणलाई यसको रगतले शुद्धीकरण गरिन्छ ।

यो जीवको रगतमा तामा अर्थात् कपर तत्व हुने हुनाले नीलो रङको हुन्छ । जबकि, मानिसको रगतमा फलाम हुने हुनाले रातो रङ हुन्छ । साथै उक्त गँगटोको रगतमा एउटा विशेष रसायन हुन्छ । जुन जीवाणुको वरिपरि जम्मा भएर जीवाणुलाई कैद गर्दछ । यसको रगतले निकै कम मात्राका जीवाणु पनि पहिचान गर्न सक्दछ ।

सबैभन्दा महंगो रगत

यो घोडातापे गँगटोको रगत दुनियाँको सबैभन्दा महँगो रगत हो । यसको एक लिटरको मूल्य झण्डै १८ लाख रुपैयाँ पर्दछ । एटलान्टिक स्ेटट्स मरिन फिसरिज कमिसनका अनुसार जैविक चिकित्सकीय प्रयोगकका लागि हरेक वर्ष ठूलो संख्यामा यो गँगटो मार्ने गरिएको छ । यो गँगटोको वैज्ञानिक नाम लिमुलस पोलीफेमस हो । हरेक वर्ष रगतका लागि ५ लाख गँगटा मार्ने गरिएको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment