+
+
Shares

कोरोना कोषमा ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १८:०१

१० चैत, काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न नेपाल सरकारले चैत ९ गते घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोष मार्फत १५ लाख आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस अवस्थामा उक्त सहयोगले यो भाईरसविरुद्ध लड्न थप सहयोग हुने विश्वास बैंकले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?