Comments Add Comment

कोरोना कोषमा कांग्रेसका सांसदको १५ दिनको तलब, श्रमिकलाई खाद्यान्न दिन सरकारलाई आग्रह

११ चैत, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णयको नेपाली कांग्रेसले स्वागत गरेको छ ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै लकडाउनलाई पूर्ण रुपले पालना गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

लक डाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाइ हुने भएको हुँदा श्रमिकहरुलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

कोरोना संक्रमणको विषम परिस्थितिमा सम्पूर्ण नेपालीहरु एकजुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न कांग्रेसले अपिल गरेको छ ।

साथै सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले १५ दिनको तलब बराबरको रकम दिने निर्णय पनि कांग्रेस संसदीय दलले गरेको छ ।

नेकपाका संघीय सांसदहरुले पनि कोरोना कोषमा १५ दिनको तलब जम्मा गराउने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment