+
+
Shares

कोरोनाविरुद्धको राहत कोषमा वर्षाको एक लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १५:३७

सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गर्ने भएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै उनले सहयोग गर्न लागेको बताएकी हुन् ।

कोरोनाको त्रासका कारण देशमा एक साताको लागि लकडाउन गरिएको छ । लकडाउनको समयमा दैनिक मजदुरी गरेर खानेहरुको लागि निकै समस्या परिरहेको छ । सोही व्यक्तिहरुको लागि भन्दै नायिका सिवाकोटीले व्यक्तिगत तर्फबाट एक लाख सहयोग गर्न लागेको उल्लेख गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘मेरो इच्छा छ कि, यो पैसा दैनिक काम गरेर जीवन गुजारा गर्नेहरुलाई जाओस् ।’ आफैँलाई त्यहाँ गएर राहत दिने रहर भएपनि यस्तो अवस्थामा बाहिर निस्किन नसकिने भन्दै उनले सरकारलाई नै सहयोग गरेको बताएकी छिन् ।

वर्षाले कोरोनाविरुद्धको लडाईमा खटिएका स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पनि विशेष धन्यवाद दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?