+
+

गर्भधारणको समयमा हुने डिप्रेशनले शिशुमा असर

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २७ गते ९:५२

कुनै पनि महिला जब गर्भवती हुन्छिन्, तब उनले विभिन्न किसिमका शारीरिक, मानसिक तथा भावनात्मक परिर्वतनहरुका सामना गर्नु पर्ने हुन्छ ।

हार्मोनल परिवर्तनका कारण तनावको महसुस हुनु सामान्य कुरा हो । तर यदि कुनै पनि महिला गर्भवती भएको समयमा उनी डिप्रेशनको शिकार हुन्छिन् भने यसले उनको गर्भमा रहेको शिशुको रोग प्रतिरोधक क्षमता कम हुन्छ ।

भरखरै भएको एउटा सर्वेक्षणका अनुसार मानसिक स्वास्थका सिधा सम्बन्ध शिशुको रोग प्रतिरोधक क्ष्ँमता अर्थात इम्यूनिटी सिस्टमसंग हुन्छ ।

गर्भधारणको क्रममा एउटा महिलाको मानसिक स्वास्थ शिशुको रोग प्रतिरोधक क्ष्ँमता विकासलाई सिधा प्रभावित गर्छ ।

सर्वेक्षणकर्ताहरुले एउटा सर्वेक्षणमा १०४३ आमा र शिशुहरुको स्वास्थ रेकर्डको परिक्ष्ँण गरेका थिए । यो नयाँ अध्ययन अल्बर्टा यूनिभर्सिटीमा बाल रोग विशेषज्ञहरुले गरेका थिए । यस सर्वेक्षणमा आमाहरुसंग उनीहरुको गर्भवती क्रममा र बच्चा जन्मिसके पछिको मूडको बारेमा प्रश्नहरु सोधिएको थियो ।

जुन महिलाहरुले गर्भधारणको समयको पहिलो तीन महिनामा अथवा बच्चा जन्मनु अगाडि र बच्चा जन्मिसकेपछि डिप्रेशन भएको बारेमा बताएका थिए, उनीहरुको बच्चाको रोग प्रतिरोधक क्षमता त्यस्ता बच्चाहरुको तुलनामा आधि मात्र थियो जुन बच्चाको आमाहरुकोे गर्भधारणको समयमा मानसिक स्थिति सामान्य थियो ।

विशेष कुरा के हो भने ती महिलाहरुमा डिप्रेशनको लक्षण त्यति धेरै पनि थिएन जसको कुनै प्रकारको उपचारको आवश्यक थियो ।

यदि कुनै बच्चा रुघा–खोकि, कानको इन्फेक्सन, पेट गडबड हुने र अन्य स्वास्थ समस्याहरुबाट ग्रस्त्ँ छ भने यसको अर्थ बच्चाको रोग प्रतिरोधक क्षमता कमजोर छ ।

स्तनपान गराउँदा बच्चाको रोग प्रतिरोधक क्षमता बढ्छ

बच्चाको रोग प्रतिरोधक बढाउनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको स्तनपान गराउनु हो । स्तनपान गराउँदा बच्चाले यसबाट सबै प्रकारको प्रोटिन, चिल्लो पर्दाथ समावेश हुन्छ । जुन कुराहरु बच्चा स्वास्थ रहनका लागि आवश्यक हुन्छ । स्तनपान गराउनाले बच्चाको रोग प्रतिरोधक क्षमता बलियो हुन्छ ।

त्यस्तै हरीयो तरकारीमा भिटामिन ए, बी, सी, आइरन, क्याल्शियम र फाइबर जस्ता तत्व पर्याप्त मात्रामा हुन्छ । जसले शरीरलाई रोग प्रतिरोधक क्षमता बढाउनका लागि सहयोग पु¥याउँछ ।

बच्चाको रोग प्रतिरोधक क्षमता बढाउनका लागि फलफुल र तरकारी जस्तै स्याउ, गाजर, ब्रोकाउली, कीवी, खरबुजा, स्ट्रबेरी आदि आहारहरु समावेश गर्नु पर्छ ।

रोग प्रतिरोधक क्षमता कम हुनाले विभिन्न विरामीहरुको खतरा

सर्वेक्षणकर्ताहरुका अनुसार रोग प्रतिरोधक क्षमता अर्थात रोगसंग लड्ने शक्ति कम हुनाले बच्चाहरुमा स्वास सम्बन्धि अथवा ग्यास्ट्रोइंटेीसनल इन्फेक्शनका साथ–साथै दम तथा एलर्जीको खतरा पनि हुन्छ । जसका कारण अपसाद, मोटोपन, मधुमेह जस्ता अटोइम्यून रोगहरुको खतरा बढ्न सक्छ ।

नवजात शिशुका लागि १८ घण्टा सुत्नु आवश्यक छ

नवजात शिशुका लागि १ं८ घण्टाको निद्रा आवश्यक हुन्छ । उमेर बढ्दै जाँदा सोहि अनुसार एक दिनमा १० देखि १४ घण्टा निदाउनु बच्चाहरुका लागि आवश्यक हुन्छ । भिटामिन डीले पनि रोग प्रतिरोधक क्षमता बढाउँछ । त्यसैले बच्चाहरुलाई घाममा राख्नु आवश्यक छ, जसका कारण उनीहरुले पर्याप्त मात्रामा भिटामिन डी पाउँछन् । सकेसम्म एन्टिबायोटिक धेरै खान दिनु हुदैन । यस्ता औषधिहरुको अत्याधि प्रयोगले रोग प्रतिरोधक क्षमतालाई कमजोर बनाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?