Comments Add Comment

मास्क लगाउँदा गर्न नहुने गल्ती

चीनको बुहानबाट प्रारम्भ भएको कोरोना भाइरसको महामारीले केवल पाँच महिनामा विश्वभरीका दुई सय भन्दा बढि देशलाई आफ्नो शिकार बनाइसकेको छ ।

तिब्र गतिमा फैलिइरहेको यो प्राणघातक भाइरसलाई रोक्नका लागि विश्वभरीमा लकडाउनको स्थिति छ ।

उक्त भाइरसको अहिलेसम्म न त कुनै औपधि पत्ता लागेको छ, न त कुनै खोप नै बनेको छ । त्यसैले नेपालका अधिकांश सार्वजनिक स्थलहरुमा निस्कनेका लागि प्रत्येक नागरिकलाई मास्क लगाउनु अनिवार्य गरिएको छ   ।

एकातिर राम्रो के छ भने आम नागरिकले पनि सरकारको कोरोना रोकथाम अभियानमा साथ दिइरहेका छन् । किनभने अहिले लकडाउनको बेलाम बिहान आठ बजेभन्दा अघि किनमेल गर्न निस्कने प्रायः सबै मानिसहरुले अनिवार्य रुपमा मास्क लगाएकै देख्न पाइन्छ ।

यद्यपि, अर्को कुरा चाहिं के छ भने अधिकांमा मानिसहरुलाई राम्ररी अथवा प्रभावकारी रुपले मास्क लगाउने सही तरिकाका बारेमा जानकारी नै छैन ।

विशेषज्ञहरुका अनुसार यदि तपाईंलाई मास्क लगाइ सकेपछि निस्सासिएको जस्तो अनुभव हुन्छ भने मात्र तपाईले सही तरिकाले मास्क लगाउनु भएको मानिन्छ ।

सबैभन्दा ठूलो गल्ति, जसलाई मानिसहरुले पटक–पटक दोहो¥याइरहेका छन्, त्यो के हो भने सार्वजनिक स्थानहरुमा कसैसंग कुराकानी गर्ने बेलामा मानिसहरु मास्कलाई तानेर चिउँडोसम्म तान्छौं, जुन अत्यन्त गलत हो ।

हामी यहाँ पाँच वटा त्यस्ता कुराहरु बताइरहेका छौं, जसलाई तपाईंहरुले मास्क लगाउने बेलामा गर्नै हुँदैन ।

१. मास्कलाई नाकभन्दा तलमात्र लगाउनु हुँदैन, नाक नै छोपिने गरी लगाउनु पर्छ ।

२.चिउँडोलाई पनि मास्कले ढाक्नु पर्छ ।

३. खुकुलौ भैसकेको मास्क लगाउनै हुँदैन ।

४. मास्कले नाकलाई पनि राम्ररी ठाक्नु पर्छ । मास्क केवल तपाईंको नाकको टुप्पोसम्म मात्र अडिएको हुनु हुँदैन ।

५.जब कसैसंग कुरा गरिरहनु भएको हुन्छ, मास्कलाई चिउँडोतिर नतान्नु होला ।

मस्क लगाउने सही तरिका

मास्क तपाईंको नाकबाट प्रारम्भ भएर चिउँडोसम्म पुग्नु पर्छ । अर्थात तपाईंको नाकको डाँडी, जहाँबाट नाक प्रारम्भ हुन्छ, त्यहाँदेखि चिउँडोसम्म नै ढाकिएको हुनुपर्छ । मास्कलाई कुनै तपाईंको मुख र नाकको वरिपरी टम्म हुने गरि, कुनै पनि छिद्र नखुल्ने गरि राख्नु पर्छ । मास्कलाई सकेसम्म कसिलो तरिकाले नै लगाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment