+
+
Shares

पर्सामा कोरोना पुष्टि, बागलुङमा सिल !

१ सय १० जनाको पीसीआर टेस्ट हुँदै

विकास रोका मगर विकास रोका मगर
२०७७ जेठ २ गते १९:४६

२ जेठ, वैशाख । चैतको दोस्रो साता बागलुङमा २ जना कोरोना संक्रमित भेटिए । संक्रमित १९ र ६५ वर्षकी दुवै महिला थिए । वैशाख दोस्रो साता नै उनीहरु निको भएर घर फकिसकेका छन् ।

कोरोना संक्रमित भेटिँदा सुरुमा कडाइ गरेको बागलुङले कोरोना मुक्त भएसँगै केही खुकुलो हुँदै आएको थियो । तर, बागलुङ त्यतिबेला फेरि त्रसित बन्यो जतिबेला बागलुङबाट केहीदिन अघिमात्रै पर्सा गएका १४ जनालाई कोरोना भाइरस पुष्टि भयो ।

बागलुङ गलकोटबाट ती मजदुर वैशाख ११ गते पर्सा फर्किएका थिए । १३ गते पर्सा पुगेका उनीहरुको गाउँकै क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनबाटै संकलन गरिएको स्वाब परीक्षणमा उनीहरुलाई कोरोना भाइरस पुष्टि भएको थियो ।

बागलुङबाट पर्सा फर्किएका मजदुरलाई कोरोना पुष्टि भएपछि गल्कोटबासी पुनः त्रसित बनेका छन् । उनीहरु बागलुङमै संक्रमित भएका हुन् या पर्सा पुगेर संक्रमित भएका हुन् भन्ने पुष्टि भएको छैन ।

पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयले ती कोरोना संक्रमित १४ जनाको संक्रमण ‘उद्गम विन्दु’ पत्ता लगाउन गल्कोटमा उनीहरुसँग सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने भएको छ ।

कोरोना परीक्षणका लागि गल्कोट क्षेत्र सिल गरिएको छ भने आसपासका नाकामा समेत कडाइ गरिएको छ । पर्सामा कोरोना संक्रमण पुष्टि भएका संक्रमितको सम्पर्कमा आएका गलकोटका १ सय १० जनाको कन्ट्याक ट्रेसिङ गरिसकिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

‘पर्सामा भेटिएका ती कोरोना संक्रमित त्यही पुगिसकेपछि संक्रमित भएका हुन् या बागलुङ हुँदाबाटै सरेको थियो यो खोजको विषय हो,’ उनले भने, ‘अहिले गलकोटलाई नै सिल गरेर परीक्षणलाई बढाउने निर्णय गरेका छौं ।’ कन्ट्याक ट्रेसिङमा परेका सबैको स्वाब संकलनका लागि निर्देशनालयबाट टिम खटिइसकेको जनाए ।

शर्माले कन्ट्याक ट्रेसिङमा आएका १ सय १० जनाको स्वाब ३ दिनभित्र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा ल्याइने र पीसीआर टेस्ट गरिसक्ने जानकारी दिए । ‘दैनिक ४०/५० जनाको स्वाब कलेक्सन गर्ने गरी टिम मोबिलाइज भइसकेको छ,’ उनले भने, ‘स्वाब कलेक्सनका लागि यहाँबाट १ सय ५० वटा भाइरस कलेक्सन ट्युब (भीसीटी) बागलुङ पठाइसकेका छौं ।’

बागलुङबाट मजदुर लगेर वीरगञ्जको पर्सा छोड्न गएका बसका चालक, सहचालकको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?