Comments Add Comment

पत्रकार महासंघ दोलखाले सदस्यता खारेज गरेकामा विरोध

३ जेठ, काठमाडौं । पत्रकार महासंघ, दोलखा शाखाले क्रियाशील पत्रकारकै सदस्यता खारेज गरेको भन्दै विरोध भएको छ ।

जिल्ला शाखाको बैठकले हालै एक सय जनाको सदस्यता खारेजको निर्णय गरेपछि खारेजीमा परेका सदस्यहरुले शनिबार विज्ञप्ति निकालेर उक्त निर्णय रद्ध नगरे कार्यसमिति नै रद्ध गर्ने चेतावनी दिएका छन् ।

कार्यसमितिले विधान विपरीत गठन गरेको कार्यदलको सिफारिस भन्दै क्रियाशील पत्रकारकै सदस्यता खारेज गरेको पत्रकारहरुको आरोप छ ।

कोरोना भाइरसको महामारीका बेला आफ्ना सदस्यहरुको सुरक्षा तथा उनीहरुको संरक्षण गर्नुपर्नेमा उल्टै विधानको भावना, सिद्धान्त विपरीत पत्रकार महासंघलाई नै धरापमा पार्न निकृष्ट र आपत्तिजनक निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

२ जेठमा सदस्यता खारेजी सम्बन्धमा भएको निर्णय फिर्ता नभए दुई तिहाई बहुमतसहित विशेष साधारण सभा बोलाई नयाँ जिल्ला कार्यसमिति गठन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment