+
+
Shares

हात्तीको आक्रमणमा वृद्धको मृत्यु

रासस रासस
२०७७ जेठ ३ गते १८:२०

३ जेठ, भद्रपु (झापा) । कचनकबल गाउँपालिका-७ स्थित दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका एक वृद्धको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ ।

शनिबार दिउँसो ८२ वर्षीय वृखबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । हात्तीले आक्रमण गरेको खबर प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको उनले जानकारी दिए ।

दशगजामा सालक छाडेर भागे तस्कर

यस्तै, झापाको कचनकबलस्थित भारतीय सीमा क्षेत्रको दशगजामा तस्करी हुन लागेका अवस्थामा नेपाल प्रहरीको गस्तीले संरक्षित वन्यजन्तुको सूचीमा रहेको एउटा सालकको उद्धार गरेको छ ।

कचनकबल गाउँपालिका वडा नं ५ स्थित ११२ र ११३ सीमास्तम्भबीचमा प्लास्टिकको बोरामा पोको पारेर फालिएको अवस्थामा जिउँदो सालक फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार राति गस्ती टोलीले फेला पारेको सो सालक प्रहरीले आज डिभिजन वन कार्यालयलाई बुझाएको कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । रातिको मौका छोपी भारततर्फ तस्करी गर्ने गिरोह प्रहरीको गस्ती आएपछि सालक छाडेर भागेको हुनसक्ने अनुमान गरिएको छ ।

बन्दाबन्दी भएयता डिभिजन वन कार्यालयले उद्धार गरेर ल्याइएका दुई मृग, एक अजिङ्गर र हुचिललाई संरक्षण गरेको जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?