+

कोरोना भाइरस एचआईभीजस्तो बन्यो भने ?

२०७७ जेठ  ५ गते १९:०४ २०७७ जेठ ५ गते १९:०४
कोरोना भाइरस एचआईभीजस्तो बन्यो भने ?

५ जेठ, काठमाडौं । अहिले समग्र विश्व कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा छ । यो भाइरसविरुद्ध खोप तथा औषधि निर्माणका लागि प्रयास भइरहेको भएपनि अहिलेसम्म ठोस नतिजा हात लागेको छैन । यस्तोमा यो खोप निर्माण भएर मानिससम्म पुग्न साढे दुई वर्षसम्म लाग्न सक्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस एचआईभी कजस्तै लामो समयसम्म बस्नसक्ने बताएको छ । डब्ल्यूएचओ एक शीर्ष अधिकारी माइकल रायनले मानिसहरु यो महामारीका लागि थप तयार रहनु जरुरी रहेको बताएका छन् ।

यो भाइरसको अन्त्य कहिले पनि नहुन सक्ने उनले बताए । कोरोना भाइरस यतिबेला नै सकिन्छ भन्ने विषयमा कुनै दाबी गर्न सकिने अवस्था छैन ।

एचआईभी भाइरस अहिलेसम्म नहराएको र मानिसहरुले यो भाइरससँग बाँच्न सिकेको रायनले बताए । यसका लागि अहिले थेरापी र बचाउने तरिकाको खोजी भइसकेको छ । त्यसैले मानिसहरु एचआईभीसँग पहिला जति डराउँदैनन् ।

उनकाअनुसार कोरोना भाइरसको अवस्था पनि यस्तै हुनसक्छ । खोप पत्ता लाग्न समय लाग्ने भएकाले कोरोना भाइरससँग बाँच्न सिक्नुपर्ने अवस्था आउनसक्ने रायने बताए ।

डब्ल्यूएचओको यो भनाइमा भारतीय संक्रामक रोग विशेषज्ञ जयप्रकाश मुलेली पनि सहमत छन् । विश्वभर महामारी रोक्न लगाएको लकडाउन समाधान नभएको उनले बताए । लकडाउनबाट यो महामारीबाट पार पाउन सकिँदैन । त्यसका लागि मानिसको रोग प्रतिरोधी क्षमता बढाउनु जरुरी हुन्छ । कुनै पनि समुदायका ६० प्रतिशत मानिसमा यो रोगविरुद्ध लड्ने एन्टिबडी विकास भए केही हदसम्म यो भाइरसलाई रोक्न सकिने उनको भनाइ छ ।

तर, यसका लागि लामो समय लाग्नेछ । साथै त्यसबेला पनि खोप विकास हुनु जरुरी हुनसक्छ ।

कोभिड–१९ र एचआईभीमा अन्तर

डब्ल्यूएचओका डाक्टर रायन एचआईभी र कोरोना भाइरसमा आकाश जमिनको अन्तर रहेको बताउँछन् । एचआईभीको तुलनामा कोरोना भाइरस नियन्त्रणका लागि धेरै कदम उठाउनु परेको छ । यो महामारी नियन्त्रणको लागि अहिले विश्वका अधिकांश मुलुकले लकडाउनजस्तो कदम चालेका छन् ।

तर एचआईभीको लागि यस्तो थिएन । एचआईभी एकअर्कालाई छोएको भरमा सर्दैन । तर कोभिड–१९ कुनै संक्रमित व्यक्तिलाई छुँदा सर्न सक्छ । अहिलेसम्म एचआईभी र कोभिड–१९ दुवैको खोप पत्ता लागेको छैन । तर एचआईभीबारे मानिसहरुमा चेतना विकास भएको छ । सरकारदेखि गैरसरकारी संस्था सबैले दशक लामो अभियान चलाएका छन् र अहिले पनि चलाइरहेका छन् ।

कोभिड–१९ को मामिलामा भने यो सबै गर्नु निकै कठिन छ । सामाजिक सञ्जालदेखि आम मानिसमा यस किसिमको जिन्दगी कहिलेसम्म बाँच्ने भन्ने प्रश्न उठेको छ ।

मानिसहरु यो भाइरस अन्त्य हुने प्रतिक्षामा छन् । डा. मुलेली लकडाउनले कोरोना भाइरसको प्रसारमा सुस्ती ल्याउन सक्ने तर लकडाउन खुलेसँगै पुनः संक्रमण तीव्र गतिमा फैलिने बताउँछन् । यस्तो अवस्थामा कोरोना भाइरसबाट हुन सक्ने मृत्युलाई घटाउने एउटै तरिका मानिसलाई राम्रो उपचार दिनु नै हो ।

डा. मुलेलीका अनुसार जब ६० प्रतिशत मानिसमा यो भाइरसविरुद्धको एन्टिबडीमा विकास हुन्छ, त्यसपछि केही समयका लागि यो भाइरसको संक्रमण रोकिन्छ । तर भाइरसको अन्त्य अझै भएको हुँदैन । त्यसपछि पनि यो भाइरस दादुरा लगायतका रोग जस्तै मानिसको बीचमा नै बाँकी रहन्छ । यस्ता रोगहरु निकै सुस्त गतिमा एक व्यक्तिबाट अर्कोमा सर्छन् । यसलाई रोगको एन्टेकी स्टेज भनिन्छ ।

यद्यपि अहिले कोरोना भाइरसको लागि विभिन्न देशमा निकै तीव्र गतिमा खोप निर्माणको काम चलिरहेको छ ।

स्रोत : बीबीसी

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’