Comments Add Comment

टोखामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

११ जेठ, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

आइतबार बिहान साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल तामाङ र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल २२ वर्षीय दुलालले चलाइरहेका थिए ।

दुलालको मोटरसाइकलमा सवार मथुरा दुलाल पनि गम्भिर घाइते रहेको लम्सालले बताए । थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment