Comments Add Comment

चीनको सियानबाट काठमाडौंसम्मको कार्गो सेवा सुरु

११ जेठ, काठमाडौं । चीनको उत्तरपश्चिम प्रान्त शाङ्सीको राजधानी सहरबाट नेपालका लागि सियानबाट कार्गो सेवा सुरु भएको छ ।  शुक्रबार सियानबाट पीभीसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरू बोकेको कार्गो सहितको रेल तिब्बत स्वायत्त प्रान्तको सिगात्से प्रस्थान गरेको हो।

सिगात्सेबाट कार्गोका सामानहरू ट्रकमा हालेर काठमाडौं ल्याइने द चाइना रेलवे सियान ग्रुप कम्पनी लिमिटेडले बताएको छ। यो रेल शाङसीबाट नेपालमात्र नभई समग्र दक्षिण एसियाको लागि नै पहिलो सडक-रेल कार्गो ट्रान्सपोर्ट सेवा हो ।

यो रेल सेवा सञ्चालन र संयोजन द चाइना रेल-वे सियान ग्रुप कम्पनी लिमिटेड र चाइना रेल-वे कन्टेनर ट्रान्सपोर्ट कम्पनी लिमिटेडले संयुक्त रुपमा गरेका हुन् ।  यो कार्गो काठमाडौं आइपुग्न आठ दिन लाग्ने बताइएको छ । अहिले पनि सिगात्सेसम्म नेपालका लागि चीनका अन्य केही प्रान्तबाट कार्गो आउने गरेको छ ।

नेपालका दुई महत्वपूर्ण नाका रसुवागढी र तातोपानी हुँदै कार्गोमा आएका सामान नेपाल भित्रनेछन् ।

स्रोत: सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment