Comments Add Comment

डोल्पाको ठुलीभेरीमा बगेर तीन बालबालिकाको मृत्यु

२० जेठ, सुर्खेत । डोल्पाका ठुलीभेरी नदीमा बगेर मंगलबार तीन बालबालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ठुलीभेरी नगरपालिका -९ मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, अन्दाजी १०/ ११ वर्षीया गंगा कठायत र १० वर्षीय विजय कठायत रहेको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा बताइन् ।

गाइबस्तु चराउन गएका उनीहरु ठुलीभेरी नगरपालिका-९ मोतिपुरस्थित भेरी नदी तरेर पारिपट्टी जानेक्रममा बगेका थिए ।

यशोदा र विजयलाई बगेको ठाउँदेखि करिब दुई किलोमिटर टाढा बगाउँदै गरेको अवस्थामा उद्धार गरी जिल्ला अस्पताल दुनै पुर्‍याएको थियो । तर उनीहरुलाई अस्पतालले मृत घोषणा गर्‍यो ।

गंगा कठायतको शव भने बगेको ठाउँदेखि पाँच किलोमिट टाढा त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोट बगरमा प्रहरीले फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment