Comments Add Comment

रेल स्टेशनमा अलपत्र बालकको सहयोगका लागि अघि आए साहरुख

केही दिनअगाडि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो, जहाँ एक बालक आफ्नी आमालाई उठाउने कोसिस गरिरहेका थिए । तर उनकी आमा मरिसकेकी थिइन् । रेलवे स्टेसनमा केही दिनदेखि भोकै रहेका ती महिलाको खान नपाएरै निधन भएको थियो । उनको साना दुई बालक उनलाई उठाउने कोसिस गरिरहेका थिए ।

बिहारको मुजफ्फरपुर रेल स्टेसनमा यो घटना घटेको थियो । अब यी बालकको सहयोगका लागि नायक साहरुख खानले सहयोग गरेका छन् ।

साहरुखको मिर फाउन्डेसनले बच्चालाई आर्थिक सहयोग गरेको छ । मिर फाउन्डेसनको अफिसियल ट्विटर एकाउन्टमा लेखिएको छ–‘बालकको सहयोगका लागि हामीसँग आग्रह गर्ने सबैलाई धन्यवाद । हामी उनलाई सहयोग गर्दैछौं र अहिले उनी आफ्नो हजुरबुबाको साथमा छन् ।’

साहरुखले पनि ट्विट गर्दै लेखेका छन्–‘म प्रार्थना गर्छु कि बालकलाई आफ्नी आमा गुमाउनुको पीडा सहने शक्ति भगवानले प्रदान गरून् । मलाई थाहा छ यसको पीडा कस्तो हुन्छ । हाम्रो साथ र माया तिमीलाई सधैं छ ।’

बालकका हजुरबुबाले साहरुखले अहिले दुई बच्चाको नाममा १/१ लाख रुपैयाँ बैङ्कमा डिपोजिट गरिदिएको बताएका छन् । नायक साहरुख खानले कोरोना संक्रमणसँग जुध्नका लागि निरन्तर सहयोग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment