Comments Add Comment

टिपर र ट्याक्टर ठोक्किँदा एकजनाको मृत्यु

२१ जेठ, जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिका-५ स्थित भित्री सडकखण्डमा टिपर र ट्याक्टर ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा टिप्परका सहचालक उदयपुर कटारी नगरपालिका-ट का २३ वर्षीय सुजन दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

फुलजोरबाट बयलबासतर्फ जाँदै गरेको ना.८ख.३०९३ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको ना.४त.४१२५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए ।

ठक्करपछि टिपर अनियन्त्रित भई पल्टिँदा चालक कटारी नगरपालिका-६ कै  २४ वर्षीय बिष्णु बहादुर दनुवार र सहचालक सुजन घाइते भएका थिए । घाइते भएका सहचालक सुजनको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

चालकको बिष्णुबहादुरको भने मध्यम त्रिदेब अस्पताल रानीगंजमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि वीरगंज पठाइएको छ ।

ट्याक्टर चालक ईश्वरपुर-६ बस्ने ४९ वर्षीय रामप्रसाद महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment