Comments Add Comment

सामान्य जीवनमा फर्किँदै न्युजिल्याण्ड

२१ जेठ, काठमाडौं । न्युजिल्याण्डमा आगामी सातादेखि मानिसहरु सामान्य जनजीवनमा फर्किने तयारीमा छन् । यसअघि नै लकडाउन खुकुलो बनेको न्युजिल्याण्डमा आगामी सातादेखि भौतिक दुरीको नियम पनि हट्न सक्ने बताइएको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले सोमबार मुलुकको अलर्ट लेभल एकमा झार्ने विषयमा निर्णय गरिने बताएकी हुन् । न्युजिल्याण्डमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अलर्ट लेभल चार घोषणा गरी कडा लकडाउन गरिएको थियो । त्यसको दुई महिनापछि न्युजिल्याण्ड सामान्य अवस्थामा फर्किने तयारीमा देखिएको हो । यद्यपि दैनिक जनजीवन सामान्य अवस्थामा आउने वा नआउने भन्ने कुरा भने आगामी सातासम्मको कोरोना भाइरसको अवस्था हेरेर गरिने बताइएको छ ।

अलर्ट लेभल एकमा झारिए पनि सीमानाका भने तत्कालै खुल्ने छैनन् । अहिले न्युजिल्याण्डमा एकमात्र एक्टिभ केस बाँकी छ भने पछिल्लो १२ दिनयता कसैको पनि कोरोना भाइरसको कारण मृत्यु भएको छैन ।

स्रोत : अलजजीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment