+
+
Shares

कैलालीमा तीन किशोरी बलात्कार गरेको आरोपमा चार जना पक्राउ

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ जेठ २८ गते ७:५६

२८ जेठ, कैलाली । कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दिएको जानकारीअनुसार जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दीप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला पक्राउ परेका हुन् ।

मंगलबार बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा तीन जना किशोरीहरूमाथि जबरजस्ती करणी गरी फरार भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको बिष्टले जानकारी दिए ।

उनीहरूविरुद्ध कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । बिष्टले बलात्कारमा संलग्न अन्य व्यक्तिहरू फरार भएको र उनीहरूको खोजी भइरहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?