Comments Add Comment

प्रदेश २ मा एकैदिन थपिए २०४ जना कोरोना संक्रमित

२८ गते, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीमा ६, सिराहामा १३, धनुषामा २२, महोत्तरीमा ४४, सर्लाहीमा ४३, रौतहटमा ६८ र बारामा ८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सप्तरीको छिपरमाई गाउँपालिकाको क्वारेन्टिनमा १ जना महिलासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिराहाको सिराहा नगरपालिकास्थित सत्यनारायण सूर्य नारायण मरबैता यादव क्याम्पसको क्वारेन्टिनका ११ जना, बरियारपट्टी माध्यमिक विद्यालयमा १ जना र खुशीपुरमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकामा सञ्चालित क्वारेन्टिनका ६ जना महिलासहित ३१ जना र मनरा सिसवा नगरपालिकामा सञ्चालित क्वारेन्टिनका १३ जनामा संक्रमण देखिएको छ ।

सर्लाहीको रामनगर गाउँपालिकास्थित क्वारेन्टिनका १० जना, कविलासी गाउँपालिकाको क्वारेन्टिनका ५ जना, चन्द्रनगर गाउँपालिकको क्वारेन्टिनका १० जना, कौडेना गाउँपालिका क्वारेन्टिनका २ जना र हरिवन नगरपालिकामा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

रौतहटको घिउरा, गौर, राजपुर, टिकुलिया र परोहा लगायतका स्थानका ६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने बुधबार नै बारामा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यो पनि पढ्नुहोस बारामा थपिए ८ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३६ जना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश २ का विभिन्न आइसोलेसनबाट ३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । बुधबार महोत्तरीको जलेश्वर नगरपालिका स्थित कोभिड विशेष अस्पतालबाट ७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका हुन् । यससँगै प्रदेश २ बाट २९९ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।

यसअघि प्रदेश २ का विभिन्न आइसोलेसनबाट २९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

बाराको कलैया अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पताल आइसोलेसनमा उपचार गराइरहेका बाराको महागढीमाई नगरपालिकाका ३ जना पुरुष र बारा जिल्लाकै पचरौता नगरपालिकाका ३ जना पुरुष गरी कुल ६ जना जेठ २७ गते डिस्चार्ज भएका हुन् ।

सिराहाको सराहा कोभिड विशेष अस्पताल अन्तर्गत महेन्द्र गेनाई अस्पतालको आइसोलेसन कक्षमा उपचार गराई रहेका सिराहाका धनगढीमाईका २ जना, भगवानपुरका ४ जना, लहानको ४ जना, बरियारपटुटीका ४ जना, सखुवारनानकट्टीका १ जना, लक्ष्मीपुर पटारीका १ जना, नवराजपुरको १ जना, औरहीको १ जना, रुपनीको १ जना र ओखलढुंगा जिल्लाघर भई सिराहा जिल्लामा बस्दै आएका १ जना पुरुष उपचारपछि बुधबार घर फर्किएका छन् ।

सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलेसनबाट सप्तरीको डाक्नेश्वरी नगरपालिकाका २ जना र बलान बिहुल गाउँपालिकाका १ जना गरी कुल ३ जना पुरुष संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

कहाँ कति छन् संक्रमित ?

पीसीआर परीक्षणपछि संक्रमण पुष्टि भएका सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत राजविराजस्थित साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसनमा ७ महिलासहित एक सय जनाको उपचार भइरहेको छ ।

सिराहाको सिराहा अस्पताल अन्तर्गतको महेन्द्र गेनाई कोभिड विशेष अस्पताल आइसोलसनमा २ जना महिला सहित १८ जना, सिराहा नगरपालिकास्थित सिराहा कोभिड विशेष अस्पताल आइसोलेसनमा २२ जना, धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी मेमोरियल पोलिटेक्निकल इस्न्टिच्युट आइसोलेसनमा एक जना महिलासहित ४३ जना कोरोना संक्रमितलाई राखिएको छ ।

महोत्तरीको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालमा ३ जना महिलासहित ८८ जना, सर्लाहीको मंलगवास्थित अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेज आइसोलेसनमा ९ जना महिलासहित १४२ जना, सर्लाहीकै फरहदवा स्वास्थ्य चौकी आइसोलेसनमा एक जना महिलासहित ९ जना संक्रमितको उपचार भइरहेको छ ।

रौतहटको चपुर अस्पतालमा २ जना महिलासहित ३० जना, गौर नगरपालिकास्थित गौर नर्सिङ्ग इस्न्टिच्युटको आइसोलेसनमा २ जना महिलासहित १६ जना, राजपुर फरहदवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसन उच्च माध्यमिक विद्यालयमा २ जना महिलासहित ९७ जना, गरुडा नगरपालिकास्थित नेपाल प्रहरी विद्यालयमा ४ जना महिलासहित ७४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बाराको कलैया अस्पताल अन्तर्गत शैक्षिक तालिम केन्द्र आइसोलेसनमा ३ जना महिलासहित २५ जना कोरोना संक्रमित र पर्सामा नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा ७ जना महिलासहित ३९ जना संक्रमितको उपचार भइरहेको छ । बारामा बुधबार थपिएका ८ जना संक्रमितलाई पनि कलैयाकै आइसोलेसनमा ल्याइएको छ ।

सिराहा नगरपालिकास्थित सिराहा कोभिड विशेष अस्पताल सिराहामा १७ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा ४ गरी कुल २१ जना शंकास्पद कोरोना संक्रमितलाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment