Comments Add Comment

अपहरणमा परेकी बालिका एक महिनासम्म भेटिइनन्

२ असार, रौतहट । घरमै सुतिरहेका अवस्थामा अपरहणमा परेकी रौतहटको बौधिमाई नगरपालिका ५ कोपवाकी एक १४ वर्षकी बालिका अझै फेला नपरेपछि परिवार चिन्तित भएको छ ।

बौधीमाई ५ को कोपवाकी १४ वर्षकी रिंकुकुमारी पासवानलाई जेठ १ गते राति १२.३० बजे सुतिरहेको अवस्थामा गाउँकै तीन युवाले परिवारका सदस्यलाई हतियार देखाएर तर्साउँदै उठाएर लगेका थिए ।

यसबारेमा स्थानीय प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्दा पनि सुनवाई नभएको अभिभावकले बताएका छन् ।

गाउँकै धर्मेन्द्र यादव, रुपनारायण यादव, लक्ष्मी यादव र रमन यादवले बाँसको ढोका फुटाएर घरभित्र प्रवेश गरी छोरीलाई लिएर गएको बाबु उमेश पासवानले बताए । ‘खोजबिन गर्दा नभेटिएपछि जेठ ९ गते इलाका प्रहरी कार्यालय कोपवामा र १० गते जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएको थिएँ’ उनले भने ।

छोरी अपहरणमा परेको भोलिपल्ट धर्मेन्द्रका बाबु रुपनारायण यादव घरमा आएर घटनाबारे प्रहरीलाई जानकारी दिएमा छोरा र श्रीमानलाई मारिदिने चेतावनी दिएको उमेशले बताए ।

बालिकाकी आमा अनिताले प्रहरीले मिलापत्र गर्न एक लाख रुपैयाँ मागेको बताइन् । ‘प्रहरीले नै पैसा लिएर मिलापत्र गर्न दबाब दिन्छ’ उनले भनिन् । छोरीलाई सकुशल फर्काउन तथा पीडकलाई हदैसम्म कारवाही माग गरे पनि प्रहरी नै पीडकसँग मिलेको पीडित परिवारको आरोप छ ।

रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाबारे जानकारी आएको र बालिकाको खोजी भइरहेको बताइन् । ‘प्रहरीले खोजतलास गर्दै छ’ उनले भने ‘बेपत्ता बालिकालाई र घटनामा संलग्न सबैलाई चाडै नियन्त्रणमा लिन्छौं ।’

एसपी खड्काले वेपत्ता बालिका नियन्त्रणमा आइसकेपछि मुद्दा दर्ता भरपर्दो हुन्थ्यो भनेर रोकिएको तर अब मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment