
३ असार, कैलाली । कैलालीमा बुधबार दिउँसो जीप र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका- ६ लालपुरमा बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा जोशीपुर गाउँपालिका-२ का ३३ वर्षका गम्भीर कोटकेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले मृतकको साथबाट मतदाता परिचयपत्र भेटिएको र त्यसैको आधारमा सनाखत गरिएको जानकारी दिए ।
जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4