Comments Add Comment

खोइ १० अर्ब ? प्रधानमन्त्री भन्छन् : तल पठाइयो

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरूको जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् ।

कोभिड-१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाए । बिहीबार राष्ट्रिय सभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘१० अर्ब खोइ भनिएको छ । १० अर्ब तल पठाइयो ।’

स्थानीय तहहरूले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरूलाई खुवाउनमा सो पैसा खर्च गरिएको उनले बताए । स्थानीय जनप्रतिनिधिहरूको गुन गर्नुको साटो अपमान गर्न नहुने उनले बताए ।

खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, ‘मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरताबारे वास्ता छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment