२० असार कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिए ।
भारतबाट जेठ २६ गते श्रीमान्सँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको नगर प्रमुख साउदले बताए । ‘स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा बसेर घरमा गएको एक सातापछि उनको मृत्यु भएको हो’ साउदले भने ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ र रिर्पाेट आएपछिमात्रै शव व्यवस्थापन गर्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4