Comments Add Comment

मिर्गौला रोगी बालकको उपचारमा समस्या

२१ असार, वीरगञ्ज । मिर्गाैला रोगी बाराको कलैया उपमहानगरपालिका–२४, मनहर्वाका–१३ बर्षका निराजन चौधरीको उपचारमा समस्या भएको छ ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण बालकको उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको अपिल गरेको छ ।

गाउँकै विद्यालयमा ७ मा अध्ययनरत चौधरी दुई महिनाअघि अचानक बिरामी परे । उनमा कपाल झर्ने, जिउ सुन्निने, शरीरको रंग फेरिने, जोर्नी तथा हात गोडा चलाउन नसक्ने, हिँडडुल गर्न नसक्ने जस्ता शारीरिक समस्या देखियो ।

कलैया, वीरगञ्ज, भरतपुरका अस्पताल जाँच गराउँदा झण्डै २ लाख रुपैयाँ सकिएको बुवा गणेश चौधरी बताउँछन् । त्यसपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा डाक्टरले मिर्गौलामा समस्या भएको पत्ता लगाएका थिए । ‘उपचारमा बढी नै खर्च लाग्छ भनेका छन् । अब पैसा सक्किगो, के गर्ने कसो गर्ने भएको छ ?’

अहिले चौधरी दम्पती छोराको उपचारका लागि एक महिनादेखि अस्पतालमै छन् । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका चौधरी आर्थिक अवस्था कमजोर नै रहेको वडाका अध्यक्ष हरिलाल चौधरी बताउँछन् । बालकको उपचारमा धेरथोर सहयोग भइरहे पनि अझै आवश्यक रहेको उनको भनाइ छ ।

‘कति खर्च लाग्ने हो ठेगान छैन, कति दिन अस्पताल बस्नुपर्ने त्यो पनि थाहा छैन’ उनले भने ।

बलकको उपचारमा सहयोग गर्ने चाहानेले गणेश चौधरीको जीतपुरस्थित एनआईसी बैंकको खाता नं. ५८३३९८४७९०६५२४०१ मा रकम जम्मा गरिदिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment