Comments Add Comment

मेक्सिकोका राष्ट्रपति भन्छन् – कोरोनाबाट हुने मृत्युलाई युरोपसँग तुलना नगरियोस्

२२ असार, काठमाडौं । मेक्सिकोका राष्ट्रपति एन्द्रेस म्यानुएल लोपेज ओब्राडरले कोरोना भाइरस (कोभिड–१९) बाट मेक्सिकोमा भइरहेको मृत्युलाई युरोपसँग तुलना नगर्न आग्रह गरेका छन् । मेक्सिकोमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या फ्रान्सको भन्दा बढी भएसँगै मेक्सिकोका राष्ट्रपतिले यस्तो बताएका हुन् । यससँगै मेक्सिको अहिले विश्वमा कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा पाँचौ स्थानमा आइपुगेको हो ।

एक भिडियो म्यासेजको क्रममा उनले स्पेन र फ्रान्सको जनसंख्यालाई जोड्ने हो भने पनि मेक्सिकोको जति हुँदैन भने मेक्सिकोको तुलना पनि उक्त मुलुकसँग गर्नु उचित नहुने उनको भनाइ छ । जनसंख्याको आधारमा हेर्ने हो भने मेक्सिकोमा एक जनाको मृत्युलाई स्पेनमा तीन जनाको मृत्युको बराबर हुने उनको भनाइ छ । त्यसैले यस किसिमको तुलना गर्नु उचित नहुने उनले बताए ।

मेक्सिकोमा अहिलेसम्म कोरोना भाइरसको कारण ३० हजार ६३९ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा २९ हजार ८९६ तथा स्पेनमा २८ हजार ३८५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment