+

युभेन्ट्समाथि एसी मिलानको शानदार पुनरागमन जित

२०७७ असार  २४ गते ७:५२ २०७७ असार २४ गते ७:५२
युभेन्ट्समाथि एसी मिलानको शानदार पुनरागमन जित

२४ असार, काठमाडौं । इटालियन सिरी एमा लिग लिडर युभेन्ट्समाथि एसी मिलानले शानदार जित हासिल गरेको छ । दुई गोलले पछि परेको अवस्थामा मिलानले दोस्रो हाफमा ४ गोल गर्दै शानदार जित हासिल गरेको हो । मिलानले युभेन्ट्सलाई ४-२ ले पराजित गर्दै ३ अंक जोडेको हो ।

उता दोस्रो स्थानको लाजियो पनि लेसेसँग पराजित भएको छ । जसले गर्दा युभेन्ट्सले लाजियोसँग ७ अंकको अग्रता भने कायमै गरेको छ ।

युभेन्ट्स र मिलानबीचको खेलमा सबै ६ गोल नै दोस्रो हाफमा भएको थियो । खेलको ४७औं मिनेटमा एड्रियोन राविओट र ५३औं नेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्ट्सले २-० को अग्रता बनाएको थियो । तर अग्रता कायम राख्न सकेन ।

६२औं मिनेटमा ज्लाटन इब्राहिमोभिचले पेनाल्टीमार्फत गोल गर्दै मिलानलाई खेलमा फर्काउने प्रयास गरे । ६६औं मिनेटमा फ्रांन्क केसी र ६७औं मिनेटमा राफेल लिएओले गोल गरेपछि मिलानले ३-२ को अग्रता बनायो । ८०औं मिनेटमा एन्टे रेविकले गोल गर्दै मिलानलाई ४-२ को जित दिलाए ।

जितपछि एसी मिलान ३१ खेलबाट ४९ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ र युरोपा लिगको सम्भावना कायम राखेको छ । एक खेल कम खेलेको रोमा र पोलीको समान ४८ अंक छ । पराजित युभेन्ट्सल ३१ खेलबाट ७५ अंकसहित शीर्ष स्थानमै आसिन छ ।

लेसेसँग पराजित लाजियो ६८ अंकसहित दोस्रो स्थानमा छ ।

इटालियन सिरी ए युभेन्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय