
३० असार, काठमाडौं । चितवनको माडीस्थित रिउ नदीमा आएको बाढीले बगाउँदा बेपत्ता भएका एक व्यक्तिको शव मंगलबार भेटिएको छ ।
माडी–भरतपुर सडकखण्ड अन्तर्गत रिउ खोलामा रहेको पुलदेखि करिब ५ सय मिटर तल नदीको किनारमा माडी नगरपालिका–३ धोबाहाका अन्दाजी ४० वर्षीय रामसिंह मर्दनीयाको शव भेटिएको माडीका प्रहरी निरीक्षक हर्क विश्वकर्माले जानकारी दिए ।
माडी नगरपालिका–१ अमिलियास्थित रिउ नदी किनारमा भेटिएको शवको पहिचान उनको परिवारले गरेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।
माडी नगरपालिका–३ धोबाहाका रामसिंह गत शुक्रबार दिउँसो खोलामा बगेर आएको दाउरा निकाल्न बाढीमा पस्दा उनलाई रिउ नदीले बगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4