Comments Add Comment

भाटभटेनीलाई तीन लाख जरिवाना

९ साउन, काठमाडौं । म्याद नाघेको पिउउने पानी बिक्री गरेको भन्दै भाटभेटेनी सुपर मार्केटलाई वाणिज्य विभागले जरीवाना गरेको छ ।

भाटभटेनीको हनुमानस्थान शाखालाई म्याद नाघेको पानि बिक्री गरेको कशुरमा जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

म्याद सकिएको बेली नामको पानी बिक्री गरिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप आरोपमा जरिवाना गरिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment