Comments Add Comment

मोबाइल गेमले बालबच्चालाई कसरी आक्रमक बनाउँदैछ ?

मोबाइल गेममा लिप्त हुने बालबच्चाको मनोदसा कस्तो हुन्छ ? के उनीहरुको स्वभाव फेरिदै गएको छ ? उनीहरु बढी आक्रमक एवं रिसाह हुँदैछन् ?

संभवत आमाबुवाले आफ्ना बालबच्चाको बद्लिदो व्यवहारलाई सुक्ष्म ढंगले अध्ययन गरेका छैनन् । यद्यपि मोवाइलमा लिप्त हुने बालबच्चाहरु धेरै रिसाउने र आक्रमक हुने पाइन्छ । विगतका तुलनामा अहिलेका बालबच्चाहरु बढी रिसाह भएको र त्यसमा मोबाइल एक मूख्य कारणको रुपमा पाइएको कतिपय अध्ययनको निचोड छ ।

मनोविज्ञहरुका अनुसार अहिले बालबालिका हिंस्रक एवं आक्रमक हुनुको पछाडि मोबाइल फोन एउटा कारणको रुपमा देखापरेको छ । अहिले आमाबुबाले बच्चालाई  ख्याल नगर्ने बरु मोबाइल दिएर त्यसैमा भुलाउने प्रवृत्ति छ । यसमा उनीहरु हिंस्रक प्रवृत्तिको गेम खेल्छन् ।

मोवाइल गेमले उनीहरुको मस्तिष्कमा कसरी असर गर्न सक्छ ? यसको जवाफमा मनोवैज्ञानिक भन्छन्, ‘मकहाँ जति पनि बच्चा हिंस्रक स्वभावका आउने गर्छन्, उनीहरु दिनमा तीन वा चार घण्टा मोबाइल गेममा लिप्त हुनेहरु छन् । त्यस्ता खेल खेलिरहँदा उनीहरुमा हिंस्रक प्रवृत्ति मौलाएर जान्छ ।’

सन् २०१० मा अमेरिकाको सर्वोच्व अदालतले फैसला गरेको थियो, बच्चालाई मोबाइल खेल्न नदिनुहोस् । त्यसले उनीहरुमा हिंस्रक प्रवृत्ति जस्तै हत्या वा यौन हिंसा जस्ता कृत्यमा उक्साउँछ ।

यो फैसला आउनु पाँच बर्षअघि क्यालिफोर्नियाका गर्भनरले आफ्नो राज्यमा हिंस्रक भिडियो गेम बनाउनमै रोक लगाएको थियो । त्यस अन्र्तगत १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई त्यस्ता गेम खेल्न निषेध गरिएको थियो ।

त्यसो त मोबाइलमा बालबालिकाको पहुँच भएपछि उनीहरु सजिलै अश्लिल सामाग्रीको पहुँचमा पुग्ने गर्छन् । साना बच्चाहरु पनि त्यस्ता सामाग्रीको लतमा फस्छन् । कार्टुन वा बालबालिकाका लागि तयार गरिएको भिडियो छाडेर उनीहरु यौनजन्य श्रव्यदृश्य सामाग्रीमा लिप्त हुन्छन् । यसले उनीहरुमा मानसिक विकार पैदा गर्छ ।

भिडियोको असर परीक्षणका लागि सन् १९६१ मा मनोवैज्ञानिक एलबर्ट बन्डुराले एक प्रयोग गरेका थिए । उनले बच्चालाई एक भिडियो देखाइदिए, जसमा एक मानिसले गुडियालाई कुटपिट गरिरको देखिन्थ्यो । त्यसपछि उनले बच्चालाई गुडिया दिए । गुडिया पाएपछि बच्चाले पनि त्यसै गरे, जो भिडियोमा देखाइएको थियो ।

मोवाइल फोन, इन्टरनेटको उपलब्धता र आमाबुबाको व्यस्तता यी सबै आधुनिक जीवनको उदाहरण हुन् । तर, यो यस्तो कारण पनि बन्दैछ, जसले बालबालिकालाई आक्रमक एवं रिसाहा बनाइरहेको छ ।

किशोर अवस्थामा पुगेपछि हर्मोनल परिवर्तन हुन थाल्छ । मस्तिष्क र शरीरका अंगहरु तिब्र रुपमा विकसित हुन थाल्छ । त्यही उमेरमा उनीहरुको तार्किक चेतना पनि विकास हुने क्रममा हुन्छ तर, भावनात्मक संवेदना पनि विकास भइसकेको हुन्छ । यस्तोमा बच्चाहरु धेरैजसो निर्णय भावनामा बहकिएर  दिने गर्छन् । यससँगै उनीहरु अधैर्य, आक्रमक हुने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment