Comments Add Comment

काबुलबाट यूएनका दुई जहाज मंगलबार नेपाल आउने

२६ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघका दुई जहाज मंगलबार काठमाडौं आउने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यूएन चार्टर्डका दुई जहाज काबुलबाट काठमाडौं आउन लागेका हुन् ।

विमानस्थल कार्यालयका अनुसार मंगलबार कोलम्बियाबाट समेत एक जहाज काठमाडौं आउने भएको छ । कोलम्बियाको लाँमेई एयरलाइन्सको जहाज काठमाडौं आउन लागेको छ । मंगलबार हिमालय एयरलाइन्सको जहाज कुनमिङबाट काठमाडौं आउनेछ । यो जहाज आज कुनमिङ जानेछ ।

एयर अरेवियाको जहाज सारजहा र इत्तिहाद एयरवेजको जहाज आबुधाबीबाट काठमाडौं आउन लागेका हुन् । सोमबार नेपाल एयरलाइन्सले दोहामा दुई उडान गर्‍यो । यसमध्ये एक उडानमा १ सय ५१ जना नेपाली घर फर्किएका छन् ।

नेपाल एयरलाइन्सको अर्को जहाजले दुबईबाट २३९ जना यात्रुलाई काठमाडौं ल्याएको छ । सोमबार हिमालय एयरलाइन्सको जहाजले क्वालालाम्पुरबाट १५६ र दोहाबाट १४९ जनालाई घर फर्काएको छ ।

फ्लाई दुबईको जहाजबाट १५४ जना नेपाली काठमाडौं आएका छन् । आज श्रीलंकन एयरलाइन्सको जहाज कार्गो बोकेर काठमाडौं आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

आन्ततिकतर्फ समिट एयरको जहाज लुक्ला उडेको छ । मनाङ हेली दुई यात्रु बोकेर खोटाङ उडेको छ । प्रभु हेलीले धादिङबाट तीन जनालाई काठमाडौं ल्याएको छ ।

श्री एयरलाइन्सको हेली दुई यात्रु बोकेर वीरगन्ज लागेको छ । कैलाश हेली ५ यात्रु बोकेर बागलुङ गएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment