+
+

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँट, ३ लाख बढीले पाए १० कित्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते ११:१९

२७ साउन, काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ मंगलबार बाँडफाँट गरिएको कम्पनीको बिक्री प्रवन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीको साधारण सेयरका लागि ४ लाख १७ हजार ९५८ जना आवेदकबाट १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमध्ये ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले सेयर हात पारेको सानिमा क्यापिटलले जानकारी दिएको छ ।

आवेदन दिएका मध्ये ९७ हजार ३४४ जना आवेदकले सेयर पाएनन् । कम्पनीले ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?