Comments Add Comment

फोनमा कुरा गर्दागर्दै छतबाट खसेर मृत्यु

१ भदौ, बुटवल । रुपन्देही, कपिलवस्तु, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षका विकास जैसवालको आफ्नै घरको तीन तल्ला माथि छतमा फोनमा कुराकानी गर्दागर्दै खसेर मृत्यु भएको छ ।

छतबाट खसेर गम्भीर घाइते जैसवालको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे रुपन्देही प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

यस्तै दाङको गढवा गाउँपालिका १ रंसिङखोलामा स्थानीय ३२ वर्षका बेगम कामी कपडा धुन गएको अबस्थामा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै बर्दियाको गुलरिया नगरपालिका ८ आशापुरका सञ्जयप्रसाद लोधका एक वर्षका छोरा खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्टोमा डुबेर मृत्यु भएको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका ८ सानो नन्दनगर बस्ने वर्ष ७० का हरिराम पासीको कुटपिटबाट मृत्यु भएको छ ।

स्थानीय २० वर्षका सोनु पासी र सोही ठाउँका वर्ष २२ का अनिल चमारबीच पानीको नाला सफा गर्ने विषयलाई लिएर झगडा तथा कुटपिट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ६० वर्षकी शुभावती पासी र २० वर्षका सोनु पासीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment