+
+

चीनले दियो पहिलो कोरोना खोपलाई पेटेन्टको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १४:५२

१ भदौ, काठमाडौं । चिनियाँ कम्पनी क्यानसिनोले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले चीनमा पेटेन्टको अनुमति पाएको छ ।

कम्पनीले निर्माण गरेको एड ५–एनकोभ खोपलाई चिनियाँ बौद्धिक सम्पत्ति नियामकले अगष्ट ११ मा पेटेन्टको अनुमति दिएका हुन् । चीनको सरकारी पिपुल्स डेलीले उल्लेख गरेअनुसार चीनले पहिलोपटक कोरोना खोपलाई पेटेन्टको अधिकार दिएको हो ।

यद्यपि यसलाई वैज्ञानिक उपलब्धिभन्दा पनि व्यवसायिक उपलब्धि मानिएको छ । विशेषज्ञहरुका अनुसार पेटेन्टको अनुमति पाएसँगै अब कसैले पनि यो खोपको नक्कल गर्न पाउँदैनन् । तर, क्लिनिकल परीक्षणमा अघि बढ्न पेटेन्टको अनुमति पाउनु अनिवार्य भने हुँदैन ।

साउदी अरेबियाले अगष्ट महिनाको शुरुवातमा क्यानसिनोले निर्माण गरिरहेको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण योजना बनाइरहेको बताएको थियो । क्यानसिनोले तेस्रो चरणको परीक्षणको लागि रुस, ब्राजिल र चिलीसँग पनि कुरा गरिरहेको छ ।

कोरोना खोपलाई पेटेन्टको अनुमति दिइएको समाचारसँगै सोमबार क्यासिनोको शेयर हङकङमा १४ प्रतिशत र सांघाईमा ६ दशलमव ६ प्रतिशत बढेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?