+
+

कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १५:४१

२ भदौ, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट थप ६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको  स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-८ की ५३ वर्षीय महिला, ६ का २५ वर्षीय पुरुष, ९ का २० र ५० वर्षीय पुरुष र महाबु गाउँपालिका-२ की ६० वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ ।

यता रुकुम पश्चिममा त्रिबेणि गाेउँपालिका-१० का २२ वर्षीय युवकमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा संक्रमितको संख्या २०८७ जना पुगेको छ।

साथै मंगलबार कर्णालीमा थप ४ जना डिस्चार्ज भएका छन् । यससँग डिस्चार्ज हुनेको संख्या १९३२ पुगेको छ । प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने १४९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?